शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सुनसरी – मनाङ मर्स्याङ्दी क्लव मदन भण्डारी मेमोरीयल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा झापा ११ लाई ४–३ गोलले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङलाई जिताउन सुजल श्रेष्ठले ह्याट्रिक गरे भने विशाल राइले अर्को एक गोल गरे । झापा ११ का लागि कर्ण लिम्बुले पनि ह्याट्रिक गरे तर टिमलाई जिताउन सकेनन् ।

भोली नेपाल आर्मी र डुक स्टार भुटानबीच खेल हुनेछ । राष्ट्रिय जागृती युवा क्लवले आयोजना गरेको प्रतियोगिताले मोफसलकै सबैभन्दा धेरै १२ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

तपाईको प्रतिक्रिया