शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

नयाँ दिल्ली  – लाभको पदमा बसेको भन्दै भारतको नयाँ दिल्लीमा आम आदमी पार्टीका २० सांसदको पद खारेज भएको छ । भारतको चुनाव आयोगले २० जना सांसदको पद खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

आज राष्ट्रपति रामनाथ कोविन्दले सिफारिस स्विकृत गरेसँगै दिल्लीका २० जना सांसदको पद गुमेको हो । दिल्लीका २० सिटमा अव उपचुनाव हुनेछ ।

शक्ति या भत्ता प्राप्त हुने कुनै पनि पदमा सांसद बस्न नपाईने कानून विपरित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २० जना सांसदलाई संसदीय सचिव बनाएको चुनाव आयोगको आरोप छ ।

आम आद्मी पार्टीले यो निर्णयविरुद्ध अदालतमा मुद्दा दिएको छ । र यो मुद्दाको सुनुवाइ सोमबार हुनेछ । दिल्लीका ७० सिटमध्ये ६६ सिट आम आद्मी पार्टीले जितेकाले २० जना सांसदको पद गुमे पनि दिल्लीमा आम आद्मी पार्टी बहुमतमै छ । तर भारतीय जनता पार्टी र कांग्रेस आईले भने नैतिकताको आधारमा केजरीवालको राजिनामा मागेका छन् ।

तपाईको प्रतिक्रिया