शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जनकपुर – दुई नम्बर प्रदेशका एक सय ७ जना सांसदले फरक फरक भाषामा शपथ लिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपग गराए गराउनु भयो । अरु २३ जनाले पनि नेपालीमा तथा अरुले आआफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका हुन् ।

यसमा ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् । प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरे पछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत लिनुभएको हो ।

जेष्ठ सदस्य चौधरीले नेपालीमा बोले पनि सांसदले आआफ्नो मातृ भाषामा उल्था गरेका छन् । सांसदले नेपाली, मैथली र भोजपुरी भाषामा शपथ लिएको उज्यालो सहकर्मी शैलेन्द्र महतोले जानकारी दिनुभयो ।

के छ कानुनी व्यवस्था ?

प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनले प्रदेश सांसदहरुले आफ्नो मातृ भाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ । तर आफूले शपथ लिन चाहेको भाषाबारे प्रदेशसभा सचिवालयमा तीन दिन अघि नै जानकारी गराउनु पर्ने प्रदेशसभा निर्वाचन सम्बन्धी ऐनको दफा ७५ (२) उल्लेख गरिएको छ ।

तर प्रदेशसभाको सचिवालय नै नभएका कारण सांसदहरुले पूर्व अनुमति विनै आआफ्नो मातृ भाषामा शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया