बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

पोष्टर सार्बजनिक

काठमाडौं – अवकाश प्राप्त एक आर्मीको कथामा निर्माण भएको फिल्म शेरबहादुरको पोष्टर सार्वजनिक गरिएको छ । निडर, सन्की र बलियो पात्र शेरबहादुर फिल्मको मूख्य पात्र हो । शेरबहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । शेरबहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ ।

फिल्मको मूख्य पात्र बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । ३ साईजको पोष्टरमा फरक फरक सस्पेनमा प्रस्तुत भएका छन् ।

एक्श​न​, रोमान्स​, ड्रामा समाबेश​फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्म आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुंदैछ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् । फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्म प्रमोद क्षेत्रीले लेखेका हुन् । ***

तपाईको प्रतिक्रिया