शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ पुसमा फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।

पक्राउ परेकाहरुलाई आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पाडैल हत्याको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का एसपी घनश्याम अर्यालले बताउनुभयो । घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।

पौडेलको टाउकोमा गोली लागेको थियो । यसअघि गत वर्ष पौडेलका साथी ४० वर्षीय पौडेल दुर्गा तिवारीको पनि गोली हानी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया