शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – नक्कली जापानी रेसिडेन्ट कार्ड अर्थात जाइर्‍यु कार्ड उपलब्ध गराउने र त्यसको प्रयोग गर्ने भियतनामी नागरिकहरुलाई जापान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २२ देखि ३० बर्ष सम्मका ४ जनालाई जापानी अध्यागमन कानुन उल्लङ्घन गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा टोकियोको नेरिमा कु तथा कानागावा केनमा बस्ने कम्पनीका कामदार तथा बिद्यार्थीहरु भएको समाचारमा बताईएको छ । उनीहरु मध्ये एक जनाले जति पनि काम गर्न मिल्ने खालको नक्कली रेसिडेन्ट कार्ड चीनबाट पठाउन लगाई यहाँ उपलब्ध गराएको प्रहरीको भनाई छ । केहि बर्ष अघिसम्म चिनियाँ नागरिकहरु यस किसिमको धन्दा गर्ने गर्दथे भने आजकाल यस्ता काममा भियतनामीहरुको संलग्नता पाईएको जापान प्रहरीको भनाई छ । पछिल्लो समयमा नेपालीको संख्या पनि बृद्धि हुँदै जाँदा कतै नेपालीहरु पनि चिनियाँ वा भियतनामीको गलत संगतमा परी यस्तै खालका काममा लाग्ने त हैनन् भनि जापान प्रहरीले चिन्ता र चासो दिन थालेको पाईन्छ ।***

तपाईको प्रतिक्रिया