शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – दक्षिण कोरियामा आगामी महिना हुने वीन्टर ओलम्पिकमा सहभागिताका लागि उत्तर कोरियाले २२ जना खेलाडी पठाउने भएको छ ।

दुई देशबीच भएको उच्चस्तरीय वार्तापछि ३ वटा खेलका लागि उत्तर कोरियाले २२ जना खेलाडी दक्षिण कोरिया पठाउने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले हिजो स्वीटजरल्याण्डमा उत्तर कोरियाको विन्टर ओलम्पिकमा सहभागिताका लागि बैठक बोलाएको थियो ।

आईओसीका अध्यक्ष थोमस बाकले दुईदेशले संयूक्त झण्डा बोकेर उद्घाटन गर्ने तथा वुमन्स आईस हक्की प्रतियोगिता मा एकै टिममा समेत सहभागि हुने बताउनुभयो । इस्कीङ, स्केटिङ र हक्की प्रतियोगितामा भाग लिने बताईएको छ ।

तपाईको प्रतिक्रिया