शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं  – एभर्टनका मिडफिल्डर जेम्स म्याकार्थीको दुई खुट्टा फ्याक्चर भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति वेष्ट ब्रोमसँगको खेलमा जेम्सको दुई खुट्टा फ्याक्चर भएको हो ।

 

यसले गर्दा उनी अब यो सिजन मैदान फर्किने छैनन् । २७ वर्षका जेम्सलाई दोस्रो हाफमा सालोमन रोण्डानसँग ठोक्किएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।

 

जेम्सलाई गम्भीर चोट लागेको एभर्टनका प्रशिक्षक साम एलाडर्सीले बताएका छन् । सालोमन जेम्सको चोटका कारण आफै स्तब्ध भएका छन् । अपरझट ठोक्किएकाले यसमा कुनै खेलाडीको दोष छैन । यो खेलमा वेष्ट ब्रोम र एभर्टनले १–१ को बराबरी खेले ।

तपाईको प्रतिक्रिया