बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले अब मुलुकमा आर्थिक समृद्धि ल्याउन केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व हुँदै गएकोले सबैको एजेण्डा आर्थिक समृद्धि हुनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

मोरङको बेलबारी नगरपालिका–१ नक्सालबारीस्थित जनता आधारभुत निम्न माध्यमिक विद्यालयको आज स्वर्ण स्मारक अनावरणपछि राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनले पूर्णता पाएको बताउनुभयो । ‘जनताको राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकोले अबको राजनीति दिगो विकास र आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्छ,’ उहाँले भन्न्भयो, ‘आर्थिक समृद्धिका लागि कृषि, पूर्वाधार, पर्यटन क्षेत्रमा लगानी गरेर भौतिक संरचनालगायतको विकास गर्नुपर्छ ।’

जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन र त्यसले पारेको असरलाई न्यूनीकरण गर्नका लागि समयमै सचेत हुनुपर्ने उहाँको भनाइ थियो । मधेस तराई चुरे संरक्षण समितिले प्रभावकारी रुपमा परिणाममुखी काम गर्नु अहिलेको अपरिहार्यता छ । जीवनोउपयोगी शिक्षा आजको आवश्यकता भएकाले सामुदायिक विद्यालयको शिक्षालाई प्रभावकारी वनाउन राज्यले लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया