शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा सभापति देउवाले प्रदेशसभा सदस्यलाई जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश नम्बर ५ बाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्यलाई बधाई दिदै प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति देउवाले प्रदेशका जनताको हितमा काम गर्न निर्देशन दिनुभएको भेटमा सहभागि प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले जानकारी दिनुभयो । निर्वाचन आयोगले प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिएको दोस्रो दिन प्रदेश ५ का सदस्यहरु पार्टी सभापति देउवालाई भेट्न गएका हुन् ।

प्रदेशसभाका सदस्यहरुले भोलि प्रदेश प्रमुखबाट प्रदेशको मुकाम बुटवलमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । भेटमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री विजयकुरमार गच्छादार, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँण लगायत नेताहरु तथा प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया