बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – आँखाको ख्याल राख्न किन जरुरी छ भन्ने कुरा हामीसबैलाई थाहा छ । आँखा छ र त रंग छ, हरियाली छ अनि सुन्दरताको अमुक भाव छ । यसो भन्दैमा हामीले दृष्टिविहीन साथीहरुको सुन्दरताको अनुभुतीलाई कम आँक्न खोजेको भनें हैन तथापी आँखाको ख्याल राख्न जरुरी त हामीसबैले छ नि, हैन र ?

त्यसमाथि बिकासका पूर्वाधार जस्तै बाटाघाटा, पुलपुलेसा बनाँउन अहिले धुलो त जताततै छ । तसर्थ आँखाको ख्याल राख्न यी उपायहरु अपनाउन सकिन्छः –

०  बिहान उठेपछि सफा पानीले मुख धुनुहोस् । नियमित व्यायाम गर्नुहोस् ।
०  व्यायाम र मर्निङवाकले शरीरका सबै प्रक्रिया व्यवस्थित गर्छ । शरीर सामान्य अवस्थामा भए आँखा स्वस्थ रहन्छ ।
०  शारीरिक व्यायाम गरेपछि आँखाको पनि व्यायाम गर्न सक्नुहुन्छ ।
०  बिहानी शीतल मौसममा हरियो, शान्त दृश्य हेर्नुहोस् ।
०  खुला आकाश हेर्नु सबैभन्दा राम्रो । तर, आँखालाई यता–उता घुमाउनु राम्रो होइन ।
०  ब्रेकफास्टमा फलफूलतिर जोड गर्नु आँखालाई राम्रो हुन्छ ।
०  स्वच्छ पानीमा पनि बल गर्नुहोस् ।
० आखालाई हरेक बिहान दिएको थोरै समयले तपाईं जीवनभर उज्यालो संसारमा रमाउन पाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया