शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

वरिष्ठ नेता खनालले वामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दाबी समेत गर्नुभयो । आज काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश नम्बर २ मा पनि वामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको खुलासा गर्नुभयो ।

उहाँले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अब त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया