मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडाैं – अमेरिकाको सिनेटमा नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि संघीय निकायहरु बन्द हुन थालेका छन् ।

रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबिच अन्तिम समयमा संयुक्त छलफल भए पनि सरकारी कार्यसञ्चालनका लागि आउँदो फेब्रुअरी १६ सम्म खर्च उपलब्ध गराउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको विधेयक सिनेटमा असफल भएको हो । विधेयक पास हुनका लागि ६० भोट आउनु पर्ने थियो ।

तर विधेयकले आवश्यक मत पाउन सकेन । कांग्रेस र ह्वाइटहाउसमा रिपब्लिकन पार्टी सत्तामा रहेको छ । दुवै निकायमा एउटै पार्टीको नियन्त्रण रहेका बेला संघीय निकायहरु बन्द भएको अमेरिकी इतिहासमा यो पहिलो पटक हो । ह्वाइटहाउसकी प्रवक्ता सारा स्याण्डर्सले डेमोक्र्याटिक पार्टीले बजेटलाई राजनीतिक विषय बनाएको आरोप लगाउनुभएको छ ।

यसले गर्दा राष्ट्रिय सुरक्षा, सेना तथा तिनका परिवार, समस्यामा रहेका बालबालिका तथा राज्यको नागरिकलाई सेवा गर्ने क्षमता प्रभावित भएको उहाँको आरोप छ । तर डेमोक्र्याट सिनेटर चक स्चुमरले भने राष्ट्रपति ट्रम्पले दुई पार्टीकाबिच भएको दुई सहमति नमानेकाले आफूहरुले विधेयकको विपक्षमा मत दिएको बताउनुभएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया