शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो–गैरे बन्धुहरुको सरोकार, आपसी एकता र परोपकार भन्ने मान्यताका साथ गठन भएको गैरे सेवा समाज जापानको छैठौं अधिवेशनले दिलिप गैरे(ओम)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसिमति चयन गरेको छ ।
दैवी प्रकोप, शिक्षा, स्वास्थ्य र धर्म संस्कृतिको संरक्षणका क्षेत्रमा कार्य गर्दै आएको सो समाजको हालै सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा डिलाराम गैरे, उपाध्यक्षमा भुमप्रसाद गैरे, राजु गैरे सचिवमा भीमप्रसाद गैरे, सह सचिवमा श्यामलाल गैरे, कोषाध्यक्षमा गोविन्द गैरे, र सह कोषाध्यक्षमा केशवप्रसाद गैरे निर्वाचित हुनुभएको भीमप्रसाद गैरेले जानकारी दिनुभयो ।
निर्वाचित सदस्यहरुमा ताराप्रसाद गैरे, मिलन गैरे, लक्ष्मण गैरे(चित्र), भवनाथ गैरे, गीता गैरे, रघुनाथ गैरे, र दिलिप गैरे (लाम्दारा) रहनुभएको छ ।
त्यसैगरि सोही अधिवेशनले देविलाल गैरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । लेखा समिति सदस्यहरुमा खिमप्रसाद गैरे र रामप्रसाद गैरे (गौरी) रहेका छन् भने संचार स.योजकमा कृष्णप्रसाद गैरे निर्वाचित हुनुभएको छ ।
टंकप्रसाद गैरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा संस्थाका संरक्षक नेत्रप्रसाद गैरे राजुको प्रमुख आतिथ्यता,रहेको थियो । संस्थाको उदेश्यका बारेमा आत्माराम गैरेले जानकारी दिनुभएको थियो भने संस्थाको कार्यप्रगति विवरण र आर्थिक विवरणको जानकारी राजु गैरेले गराउनुभएको थियो । त्यसैगरि टोकियो क्षेत्रको प्रगतिको बारेमा डिलाराम गैरे र ओशाका क्षेत्रका बारेमा भुमप्रसाद गैरेले कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रमको संचालन प्रेमप्रसाद गरैले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया