शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो–जापानको चिवा प्रिफेक्चरमा शुक्रबार एक २० वर्षीय महिलाले ट्रेनमा नै बच्चाको जन्म दिएकी छन् । बच्चाको जन्मपश्चात् आमा र बच्चाको स्वास्थ्य राम्रो भएपनि उनीहरुलाई फायरफाइटरर्स ग्रुपले सुरक्षित रुपमा अस्पताल पुरयाएको थियो ।
काशिवा स्टेशनमा अकस्मात आलाराम बजाएर ट्रेन रोकिएपछिको अवस्थालाई बुझ्दा ती महिला टे«नमा पल्टिएर बच्चाको जन्म दिएपछि पाँचजना महिलाले घेरेर राखी निजलाई फायरफाइटरर्स ग्रुपको जिम्मा लगाईएको जापान टुडेको समाचारमा उल्लेख छ । पूर्वी जापान रेलवेमा यस प्रकारको घटना दुर्लभ रुपमा हुने गरेको प्रत्यक्षदर्शीले बताए ।
ट्रेन कण्डक्टरले हतारमा कार नम्बर ६ का संचालकसँग बलाङ्केट मागेर ती महिलाको शरिरको तल्लो भाग छोपिएिका थिए । ती सुत्केरी महिलाले आफ्नो बच्चालाई तुरुन्तै काखमा राखेर बलाङ्केटले बेरेर राखेको देखेपछि र यात्रुहरुका बिचमा बच्चाले पहिलो आवाज सुनाएकोमा सबैले उनलाई बधाई दिए ।
ट्रेन कण्डक्टरले लाउड स्पीकरमार्फत चिकित्सा पेशासँग सम्बन्धितहरुलाई सहयोगका लागि अनुरोध गरेर त्यहाँबाट सुत्केरी महिलालाई बाहिर पठाउनका लागि ३० मिनेट ट्रेन रोक्नु परेको बताइएको छ ।
डाक्टर र नर्स टोकियो सिनागावा स्टेशनबाट उनलाई सहयोग पुरयाउन हिडेका भएपनि बच्चाको जन्म भैसकेपछि मात्र त्यहाँ पुगेका थिए । दिउँसोको १ बजेर ४० मिनेटमा बच्चाको जन्म दिएकी महिलाले ट्वीटरमार्फत सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो बच्चा भविष्यमा सबैलाई सहयोग गर्ने हुनेमा विश्वास लिएकी छन् ।
उत्तरपूर्वी जोवान लाइनका ट्रेन यो घटनापछि केही समयका लागि संचालनमा रोक लगाइएको थियो ।

तपाईको प्रतिक्रिया