शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – फिलिपिन्सले घरेलु कामदारका रुपमा आफ्ना नागरिकलाई कुवेत जान रोक लगाएको छ । पछिल्लो समय कुवेतमा कामका लागि गएका आफ्ना नागरिकको मृत्युको घटना बढेपछि  सो विषयमा छानबिनका लागि भन्दै फिलिपिन्सले सो रोक लगाएको हो ।

कुवेतमा घरेलु श्रमिकको रुपमा रहेका फिलिपिनोले त्यहाँ भोग्नु परेको अपमान र दुव्र्यवहारकै कारण आत्महत्याको घटनामा वृद्धि भएपछि फिलिपिन्स सरकारले पछिल्लो कदम चालेको रष्ट्रपति रोड्रिगो डयुट्रटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपति  डयुट्ेरटले महिला श्रमिकहरुले विदेशमा भोग्नुपरेको यौनव्यवहारप्रति पनि सचेत हुनपर्ने बताउनुभएको छ । फिलिपिन्सको पछिल्लो कदमप्रति कुवेतले फिलिपिन्सका सरकारी अधिकारीसँग सो विषयमा छलफल गर्ने जनाएको छ ।

यहि महिनाको सुरुमा कुवेतमा एक महिलाले आत्महत्या गरेपछि उनका परिवारले यौन दुव्यवहारकै कारण उनले आत्महत्या गरेको हुनसक्ने दावी गरेका थिए । सो घटनापछि सरकारले कुवेत लगायतका खाडी मुलुकमा भइरहेको आफ्ना नागरिकको आत्महत्या मृत्यु दुव्र्यवहार लगायतका विषयमा छानबिन सुरु गरेको छ ।

फिलिपिन्सका २३ लाख बढी नागरिक विदेशमा रहेको तथ्याङ रहेको छ ।  तीमध्ये अधिकांश खाडी मुलुक , यूएई, साउदी अरब कतार र कुवेतमा छन् ।  कुवेतमा मात्रै २ लाख ५० हजार फिलिपिनो  रहेका छन् जसमध्ये अधिकांश घरेलु कामदार छन् ।

तपाईको प्रतिक्रिया