प्रदेश नम्बर ४ बाट एमालेका राष्ट्रिय सभाका उम्मेदवार सिफारिस

पोखरा – एमाले प्रदेश कमिटी ४ नम्बर प्रदेशले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सिफारिस अनुसार खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम परेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामबहादुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सूर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित