बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया