शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – विवेकशील साझा पार्टीले नेपाल-भारत सीमासम्बन्धि विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । हराएका र क्षतिग्रस्त पिलरकाको निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका-१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको घटनाको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ ।

बिज्ञप्ती जारी गरी देशवासीलाई त्यससम्बन्धि विवरण सार्वजनिक गर्न पार्टीले माग गरेको छ। बिज्ञप्तीमा भनिएको छ,‘नेपाल-भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका साथै हालसम्मको कार्यप्रगति बारे समस्त देशवासीलाई जानकारी गराउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौंं ।’

देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर कहिँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ हुनका लागि पार्टीले सरकारसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया