शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – ललितपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा विजयी नवराज सिलवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाउनुभएको छ ।

आइजीपी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरिएको अभियोगमा प्रहरीले खोजी गरिरहेको बेला सिलवालले ट्वीट गर्दै यस्तो आरोप लगाउनुभएको हो । आफू नागरिकको प्रतिनिधि भएको र कानूनको परिपालक नागरिक भएको पनि सिलवालको दाबी छ ।

सर्वोच्चको आदेशमा प्रहरीले सिलवाललाई पक्रन सातवटै प्रदेशमा सर्कुलर पठाएको छ । पूर्व डिआईजी समेत रहेका प्रहरीले खोजी गर्न थालेपछि फरार छन् ।

तपाईको प्रतिक्रिया