शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

अमेरिका – अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर उपचारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको दावी गरेका छन् ।

रगतको परीक्षणबाट प्रारम्भिक अवस्थामै क्यान्सर पहिचान गर्नसक्ने महत्वपूर्ण प्रणाली पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । जोन हपकिन्स विश्वविद्यालयका वैज्ञानिकहरुले एक हजार बिरामीमाझ गरेको परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पहिचानबारे परीक्षण गरेका थिए ।

क्यान्सर सिक भनिएको सो परीक्षणले क्यान्सर पत्ता लगाउन ७० प्रतिशत सफल भएको बताइएको छ । परीक्षणले शरीरमा क्यान्सर फैलनुअघि नै त्यसका सुक्ष्म ट्युमरहरु पत्ता लगाउने बताइएको छ ।

वैज्ञानिकहरुले यो परिक्षणबाट क्यान्सर शरीरका अन्य भागमा फैलनुअघि नै पत्ता लगाउन सकिने अपेक्षा गर्न सकिने जनाएका छन् । वैज्ञानिकहरुले गरेको यो परीक्षणले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लगाएको थियो ।

तपाईको प्रतिक्रिया