शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – यहि जनवरी २८ तारिख आइतवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविरमा छातीको एक्सरे, पिसाव, रगत, रक्तचाप, पाठेघरको क्यान्सर, शरिरको नापतौलको परिक्षण गरिनुका साथै स्वास्थ्य सम्बन्धि परामर्श सेवा उपलब्ध गराईने भएको छ ।

किता खान्तोउ इर्‍यो शोउदान खाई नामक गैरसरकारी संस्थाको आयोजनामा हुन लागेको सो स्वास्थ्य शिविर साइतामा केनको खावागुचीस्थित साइतामा क्योदोउ हस्पिटलमा हुने बताईएको छ ।

बिशेषगरी बिदेशीहरुलाई लक्षित गरी राखिएको स्वास्थ्य शिविरबाट लाभ लिन सम्बन्धित सबैमा आयोजकले अपील गरेका छन् । बिहान १० बजेदेखि अपरान्ह साढे दुई बजेसम्म चल्ने सो स्वास्थ्य शिविरमा बढिमा ६० जनासम्मको स्वास्थ्य परिक्षण गर्न सकिने भएकोले फोन ०८०-५५४४-७५७७ मा सम्पर्क गरी अग्रिम नाम दर्ता गर्न भनिएको छ ।

शिविर आयोजक सूत्रका अनुसार उक्त दिनमा गरिएको स्वास्थ्य परिक्षणको रिपोर्ट भने फेब्रुअरी महिनाको १८ तारिख आईतवारका दिन उपलब्ध गराईने भएको छ ।

जापानमा रहेका अधिकांश नेपालीहरुबीच स्वास्थ्य जस्तो संवेदनशील बिषयमा भाषा, उपयुक्त सूचना तथा जानकारीको अभावका कारण नियमित स्वास्थ्य परिक्षण गराउने सँस्कारको बिकास हुन सकिरहेको छैन । ***

शिविर सम्बन्धि थप जानकारीका लागि :

तपाईको प्रतिक्रिया