सातै प्रदेशका प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ आज

काठमाडौं – सातवटै प्रदेशका प्रदेश प्रमुखले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा दिउँसो शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबार सरेको हो । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । यसैबीच, निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ ।

प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकारसँग समन्वय भइरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित