बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं  – भक्तपुरमा ट्याक्सीसँग दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएकाे छ । सिर्जननगरमा बा २ ज २०४१ नम्बरको ट्याक्सीमा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकल र बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ  ।

दुर्घटनामा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलका चालक दोलखाका ३५ वषीय रोशनकुमार बस्नेतको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा काभ्रेका केदार खनाल, दोखलामा मनोज योन्जन  रामेछापका दावा मोक्तान घाइते भएका छन । उनीहरुको भक्तपुर अस्पतामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया