मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिडले लेगानेजालाई १-० ले हराएको छ ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो ।

खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे ।

जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।

रियालको खराब समय सकिएको जिकीर उनको छ । रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।

क्वाटरफाईनल पहिलो लेगका अन्य खेलमा बार्सिलोना र ईस्पानियोल, सेभिया र एथ्लेटिको मड्रिड तथा भ्यालेन्सिया र आलाभेज भिड्दैछन् ।

तपाईको प्रतिक्रिया