बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको हारबारे गम्भीर समीक्षा गर्न माग गरेका छन् ।

चुनावपछि बिहीबार पहिलोपटक बसेको केन्द्रीय कार्य समितिको बैठकमा सदस्यहरुले हारको कारण पहिल्याएर पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन माग गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको एजेण्डा राष्ट्रियसभा चुनाव मात्र भनिए पनि केन्द्रीय सदस्यहरुले समग्र राजनीतिक अवस्था र चुनावी परिणाबारे आफ्नो धारणा राखेका हुन् ।

बिहीबारको बैठकमा नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननरसिह केसि, महेश आचार्य, दिलेन्द्र प्रसाद बडु, एन पि साउद दीपक गिरी, धारणा राख्नुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमाब्यहोर्नुपरेको हारका विषयमा गम्भीर र विस्तृत छलफल गर्नसभापति शेरवहादुर देउवालाई सुझाव दिएका छन् ।

सभापति देउवाले महासमितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ । बैठक शुक्रबार पनि जारी रहने कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया