शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सरकार र आन्दोलनरत नर्सबिच बिहीबार पनि वार्ता हुँदैछ । नर्सका समस्या समाधानका लागि सरकारले बुधबार समिति बनाएपछि बिहीबार वार्ता हुन लागेको हो ।

बिहान ११ बजे वार्ता गरी समस्या समाधानको प्रयास गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको हो ।

नेपाल नर्सिङ संघले सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा लागु गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा नर्सलाई उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, विद्यालय र उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्ने लगायत ११ वटा माग गर्दै आन्दोलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया