बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो–बागलुङ नगरपालिका वडा नं. ६ घर भई जापानको इसिखावा प्रिफेक्चरको खानाजावा सहरमा काम गर्ने किरण सापकोटालाई कारले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ ।

कुक भिसामा आएका ३० वर्षिय सापकोटा रेष्टुरेन्टको  काम सकेर आफ्नो कोठामा साइकल डोरयाएर फर्कने क्रममा जापानी नागरिकले चलाएको नीजि कारले मंगलबार राती ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त रामचन्द्र सापकोटाले समुद्रपारिलाई जानकारी दिनुभयो ।

घटनापछि मृतकलाई गाडी चालक र प्रहरीले कोमाचु सेन्टर हस्पिटलमा लगेको र शवलाई शुक्रबार बिहान ९ बजे अन्तिम दाहसंस्कार गरिने सापकोटाले जानकारी दिनुभयो । चिसोका कारण सडकमा जमेको हिउँले मानिस हिड्न समेत कठिनाई भएको अवस्थामा साइकल डोरयाएर हिडेका मृतक सापकोटालाई तिव्र गतिमा आएको नीजि कारले पछाडिबाट ठक्कर दिएपछि मृत्यु भएको सापकोटाले बताउनुभयो  ।

मृतक सापकोटाका नेपालमा बुवा, आमा र एक भाइ रहेका छन् । मृतकको परिवारको सहयोगका लागि भान्सा समाज जापानले सबैमा अनुरोध समेत गरेको छ । बागलुङ समाज जापानका सदस्य सिद्धार्थ श्रेष्ठले मृतकको क्षतिपूर्तिका लागि समाजले आवश्यक सहयोग पुरयाईने बताउनुभयो । ***

तपाईको प्रतिक्रिया