शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि हुँदैछ ।

काठमाडौंको नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ १९ गतेसम्म चल्ने यो प्रतियोगितामा काठमाडौं र काठमाडौं बाहिरका १२ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।

प्रतियोगिताको विजेताले तीन लाख २५ हजार, उपविजेताले एक लाख ७० हजार, तेस्रो हुनेले ८० हजार चौथोले ५० हजार, पाँचौँले ४० हजार, छैटौँले ३० हजार तथा साताैँ हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तैगरी उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, प्लेयर अफ दी इयर र प्लेयर अफ दी सिरिजले एक एक वटा स्कुटर पाउने अध्यक्ष छन्त्यालले जानकारी दिए ।त्यसैगरी प्रतियोगिता अवधिभर टिकट काटेर खेल हेर्नेमध्ये एकजना दर्शकलाई स्कुटर दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, न्यू डायमन्ड एकेडेमी, काठमाडौंको पारामाउन्ट हाइस्कुल, न्यु डायमन्ड स्पोर्टस क्लब, श्री गाउँ स्पोर्टस् विकास समिति, पोखराको टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, मेघौली स्पोर्टस् फाउन्डेसन र थ्रीस्टार एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया