बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – पछिल्लो समय लोकदोहोरी गीतको म्युजिक भिडियोमा सारिका के.सी र बिमल अधिकारीको जोडीलाई दर्शकहरुले एकदमै मन पराए । उहाँहरुले अभिनय गरेका गीतको युटुवमा पनि राम्रो प्रतिक्रिया आउने गरेका छन् ।

सारिका र बिमल सँगै भिडियोमा देखिनुभएन भने फिक्का फिक्का लाग्यो भन्नेहरुको जमात पनि धेरै छ । उहाँहरुले एक अर्कासँग थुप्रै म्युजिक भिडियो गरिसक्नुभएको छ । आज भन्दा भोली माया, मर्ने मिति, बर्खा लाग्यो असिना र झरी, लगायत थुप्रै गीत उहाँहरुका चर्चित छन् ।

अब लागौं गायन तर्फ जसरी बिमल सारिका म्युजिक भिडियोमा जमेको जोडी मानिएको छ त्यस्तै पछिल्लो समय गायक मोहन खड्का र सन्ध्या बुढाको जोडीले पनि राम्रै प्रतिक्रिया पाउन थालेको छ । वर्खा लाग्यो असिना र झरि बोलको गीतले सन्ध्या र मोहनको जोडीले चर्चा कमाउन गरेको हो

उहाँहरुले थुप्रै चर्चित गीत एकअर्कासँग गाउनुभएको छ र दर्शकले पनि खुबै रुचाएका छन् । दर्शकले रुचाएका यी दुवै जोडी रहेको गीत फुलको थुंगा बोलको गीत हिजो मात्र बजारमा आएको छ । जसमा स्वर मोहन खड्का र सन्ध्या बुढाको रहेको छ भने अभिनय सारिका के.सी र बिमल अधिकारीको रहेको छ ।

गीतमा शब्द भने हरि कँडेल र बलु के.सीको रहेको छ । खेम सेन्चुरीको संगीत रहेको यस गीतको म्युजिक भिडियो भने कपिल लामाले निर्देशन गर्नुभएको हो । गीतको बजार व्यवस्थापन भने मेरी आमा म्युजिक प्रा.लि. ले गरेको छ । ***

तपाईको प्रतिक्रिया