शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताका लागि वार्ता समिति बनाउने भएको छ ।

अाज बसेको स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसहितका विभिन्न कम्युनिष्ट पार्टी तथा समूहसँग एकताको लागि वार्ता समिति बनाउने निर्णय गरेको हो । देशमा गणतन्त्र आए पनि नागरिकले आधारभूत सेवा सुविधासमेत नपाएर मर्नुपरेको भन्दै सबै क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्ति गर्नुपर्ने निष्कर्ष पनि क्रान्तिकारी माओवादीले निकालेको छ ।

यस्तै भारतले विभिन्न ठाउँका सीमा स्तम्भ गायव बनाएको र केही ठाउँमा सीमा मिचेर नेपालीका घरलाई भारतीय भूमिमा पारेको भन्दै त्यसलाई रोक्न सरकारले तत्काल आवश्यक कदम चाल्नु पर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया