बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – भोलिको सार्वजनिक बिदा यथावत् रहेको गृह मन्त्रालयले जनाएको छ ।

तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेका थिए । उनीहरुले फागुन ४ गते बिदा दिनुपर्ने बताएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने बिहीबार (भोलि) बिदा दिने निर्णय यथावत् रहेको नेपाल बताउनुभयो ।

तपाईको प्रतिक्रिया