शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सोमबार सार्वजनिक भएको फिल्म लिलिबिलीको गीतले युट्युब ट्रेनिङको पहिलो स्थान ओगट्न सफल भएको छ । सार्वजनिक भएको करिब ४० घण्टा पछि गीतले ट्रेनिङको पहिलो स्थानमा स्थान लिएको हो ।

गीतको भिडियोलाई युट्युबमा ६ लाख ८० हजार बढि दर्शकले हेरिसकेका छन् । २ हजार बढी कमेन्ट पाएको भिडियो हो अधिकांश कमेन्ट सकरात्मक छन् । भिडियोमा भएको लेकेसन दर्शकको पहिलो रोजाइ बनेको छ । प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ उक्त भिडियोलाई स्कटल्यान्डमा छायांकन गरिएको छ । कमेन्टमा प्रदीप र जसिताको जोडीको पनि खुबै प्रशंसा भइरहेको छ ।

भिडियोमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्। भिडियोलाई सुदीप बरालले खिचेका छन् । इज इट लभ बोलको गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन् ।

मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ । ‘काफिया फिल्मस्’, ‘सुदीप खड्का प्रोडक्सन’ र ‘चाम्स इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

तपाईको प्रतिक्रिया