शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रदेश मुकाम तोक्ने विषयमा सरकार मन्त्रीहरुबीच विवाद भएको छ ।  बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा  प्रदेश प्रमुखका साथै प्रदेश मुकाम समेत तोक्ने  कुरा उठेपछि मन्त्रीहरुबीच विवाद भएको हो ।

मन्त्रीहरुले आफ्नो अनुकूलको स्थानलाई प्रदेश मुकाम बनाउनु पर्ने भन्दै बैठकमा धारणा राखेपछि केहिबेर चर्काचर्की समेत हुन पुगेको थियो ।  प्रदेश प्रमुखको  विषयमा  खासै विवाद नदेखिएपनि मुकाम तोक्ने विषयमा विवाद देखिएपछि   बैठक ३ बजेसम्मको लागि स्थगित गरिएको एक मन्त्रीले  जानकारी दिए ।

यो बीचको समयमा थप गृहकार्य गरेर प्रदेश प्रमुख र मुकाम  तोक्न प्रयास गरिने ति मन्त्रीको भनाई छ ।  प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन । यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न समेत संवैधानिक रुपमा अड्चन रहेको छ ।

आयोग झन्डै तीनसाता यता सरकारको  निर्णयको परखाइमा रहेको छ ।

तपाईको प्रतिक्रिया