शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो– नेपालको दुर्गम क्षेत्रमा शैक्षिक तथा स्वास्थ्य सेवामा सक्दो सहयोग पुरयाउने उदेश्यले जापानमा रहेका नेपाली युबाहरुले लक्की टिम जापान नामक संस्थाको गठन गरेका छन् ।
गैर राजनैतिक र सामाजिक संस्थाको रुपमा रहने गरि गठन गरिएको सो संस्थाको अध्यक्षमा इश्वर पौडेल सचिवमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा विशाल अधिकारी रहनुभएको छ  ।
त्यसैगरि सदस्यहरुमा सदस्यहरुमा सुरेन्द्र पोखरेल ,कुमार अधिकारी, रक्की परियार, दिप महर्जन, आकाश ठकुरी, राजु गिरी, नवीन अधिकारी, लक्ष्मण पौडेल, सुरेन लामा, नविनकाजी थापा रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा दिपक पौडेल, रविन श्रेष्ठ, महात्मा श्रेष्ठ, रेशम किंराती, बिमला जिम्बा, शिव शर्मा, बिष्णु भुसाल, भुवन भण्डारी , मनोज केसी, नेत्रबहादुर रोक्का, अर्जुन पहाडी, प्रज्वल महर्जन, संजय महर्जन, दिपेन महर्जन, नवराज गिरी, रुपक दवाडी, अनमोल श्रेष्ठ र सुशील भण्डारी रहेका छ्न ।
गैर आवासीय नेपाली संघ जापानका कार्यवाहक अध्यक्ष शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विना पूर्वाग्रह सामाजिक कार्यमा लाग्नका लागि पौडेलले सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका उपाध्यक्ष सरोज खत्री, शिब तण्डुकार, पुस्कर थापा, लालबहादुर रावल, विजय थापामगर, राजिन लामा लगाएतले युवाहरूको सामाजिक अभियानको बारेमा बालेका थिए । संस्थाको वरिष्ठ सल्लाहकारमा शिवप्रसाद पौडेललाई चयन गरिएको संस्थाका सचिव सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया