शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – राखेप च्याम्पियनसिप अन्तर्गत दाङमा जारी २८ औँ पुरुष फुटबल प्रतियोगितमा आज पनि दुई खेल हुँदैछन् । आज पश्चिमाञ्चलले विभागीय नेपाल पुलिसको सामना गर्नेछ ।

दुई टोलीबिचको प्रतिस्पर्धा तुलसीपुरस्थित अरनिको खेल मैदानमा दिउँसो १ बजेपछि सुरु हुनेछ । घोराहीमा आजै हुने दोस्रो खेलमा पूर्वाञ्चलले अर्को विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ । सो खेलपनि दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्र्तगत हिजो भएका खेलमा एपिएफले मध्यपश्चिम तथा सुदूरपश्चिमले मध्यमाञ्चललाई हराउँदै सेमिफाईनलमा स्थान बनाएका छन् । ३ विभागीय र ५ क्षेत्रीय टोली सहभागी प्रतियोगिता आगामी ६ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया