शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा फ्लीटउड टाउनलाई २-० ले हराउँदै लेस्टर सिटी चौथो चरणमा पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची ईहिनाचोले गरे ।

गएराति भएको अर्को खेलमा श्रिउस्वरी टाउनलाई १-० ले हराउँदै वेष्ट ह्याम युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।

यी दुवै खेल एफए कपका रि प्ले हुन् । पहिलो खेल बराबरीमा सकिएपछि गएराति दोस्रो चरणमा रि प्ले खेलाइएको थियो ।

गएरातिका अन्य खेलमा विजयी हुँदै कार्डिफ सिटी, सेफिल्ड वेनस्डे र रिडिङ पनि चौथो चरणमा उक्लिएका छन् ।

एफए कप फुटबलकै अर्को खेलमा आज राती चेल्सी र नर्वीच सिटी भिड्नेछन् ।

नर्वीच सिटीको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि आज राती रि प्ले हुन लागेको हो ।

तपाईको प्रतिक्रिया