बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

अमेरिका  – अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयोगमा कटौती गरेको छ । संयुक्त राष्ट्रसंघीय सहायता कोष मार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर अमेरिकाले रोकेको हो ।

प्यालेस्टाइनलाई दिने एक सय २५ अर्ब डलरमा अमेरिकाले अब जम्मा ६० अर्ब डलर मात्र दिने बिबिसीले जनाएको छ । राष्ट्रसंघका अधिकारीले भने अमेरिकाको पछिल्लो कदमले हजारौँ प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अस्वीकार गरे सहायता रकम कटौती गर्ने यसअघि नै बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया