शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – दाङको तुलसीपुरमा अाजदेखि सुरू भएको राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरी विजयी भएको छ ।

तुलसीपुरस्थित अरनिको मैदानमा भएको मध्यपश्चिम विरुद्धको खेलमा सशस्त्रको लागि अमृत अधिकारीले निर्णायक गोल गरेका थिए । खेलको अन्त्यतिर मध्यपश्चिको टीमले एपीएफका विरुद्ध गोल गरेको भएपनि त्यसलाई अम्पाएरले अफसाईड दिएका थिए । निकै प्रतिपर्धात्मक खेलमा मध्यपश्मिले गोल गर्ने दुईवटा सुन्दर अवसर गुमाएको थियो ।

फुटवल प्रतियोगिता अन्तर्गत बुधबार (भोलि) विभागिय टोली नेपाली प्रहरी र पश्चिमाञ्चलका बीचमा खेल हुनेछ । प्रतियोगिताको ३ खेल तुलसीपुरमा र घोराहीमा ५ खेल हुने र समापन पनि घोराहीमा हुनेछ । प्रतियोगितामा ५ विकास क्षेत्रका ५ टिम र विभागिय ३ टिमको सहभागिता रहेको छ ।

तेत्तिस वर्षपछि दाङमा भएको पहिलो पुरुष फुटबल प्रतियोगिताले यस क्षेत्रमा रौनक थपेको छ ।

तपाईको प्रतिक्रिया