शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

वाशिंगटन – डिसी अमेरिकाको भर्जिनियामा खी ल्हो (तमु ल्होसार) मनाइएको छ । ग्रेटर वाशिंगटन तमु समाजको आयोजनामा तमु ल्होसार- २०१८ मनाइएको हो ।कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की प्मुख अतिथि रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्रवासमा पनि गुरुङ संस्कृतीको प्रवद्र्धनका गरिएकोमा आयोजकलाई धन्यवादन दिनुभएको थियो । यस्ता कार्यक्रमले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न पनि सहत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई थियो ।कार्यक्रममा ग्रेटर वाशिंगटन तमु समाजका निर्वतमान अध्यक्ष तथा ल्होसार संयोजक नन्द गुरुङ, ८२ वर्षिय टिकाराम गुरुङ पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा न्युयोर्कबाट आएका ग्याल साम्बो समाजका महासचिब याङ्गचुङ्ग फुनेल, तामांग समाज, थकाली समाज लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिलाई खादा ओडाएर स्वागत गरिएको थियो । नेपालको र अमेरिकाको राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा गुरुङ समुदायका विद्यार्थीलाई सम्मान गरिएको थियो ।कार्यक्रमको दोस्रो चरणमा जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल, लोक गायक रामप्रसाद खनाल, दोहोरी गायिका मञ्जु पुनका साथै स्थानीय कलाकारहरुलाई आफ्नो प्रस्तृती राखेका थिए । कार्यक्रममा करिब ४ सय बढी नेपालीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया