बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियास्थित सार्न बर्नाडिनो नजिककोपेरिस नगरमा बन्धक बनाइएका बालबालिकासहित एउटै परिवारका १३ जनालाई प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएकामा २ देखि २९ बर्ष उमेर समुहका रहेका छन् जसमध्ये ७ जना १८ देखि २९ बर्षका वयस्क पनि रहेको बीबीसीले जनाएको छ ।

पीडितमध्येकी भाग्न सफलएक किशोरीले आकस्मिक सेवा केन्द्रमा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदी बहिनीलाई अभिभावकले नै बन्धक बनाएको जानकारी गराएकी थिइन् । उनीहरुलाई फोहोर र दुर्गन्ध आउने कोठामा सिक्रीले बाँधेर राखिएको पाइएको थियो  ।

उनीहरु निकै फोहोरी र कुपोषित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको टोलीले अधिंकाश बालबालिकालाई ओछ्यानमै सिक्रीले बाँधेर राखिएका अवस्थामा फेला पारेको थियो ।

उनीहरुका बुबा ५७ वर्षीय डेविड टर्पिन र आमा४९ वर्षीया लुइस टर्पिनलाई प्रहरीले पक्राउ गरी यातना र बालबालिकालाई जोखिममा पारेको अभियोग लगाएको छ ।  बालबालिकासहितका पीडितलाई भने अस्पतालमा भर्ना गरिएको बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया