शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो–गुल्मी जिल्लाको आँपचौरबाट जापानमा आई विभिन्न पेशा व्यावसाय अध्ययन गर्नेहरुको संस्था गुल्मी आँपचौर सेवा समितिको पाँचौ अधिवेशनले महेन्द्र अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
आँपचौर तथा समग्र गुल्मी जिल्लाको विकास र सवृद्धि तथा जापानमा रहेकाहरुका लागि अत्यावश्यक परेका बेला सेवा र सहयोग पुरयाउनका लागि गठन गरिएको सो समाजको उपाध्यक्षमा दधिराम खरेल, महाशर्मा खरेल, प्रकाश खरेल, भानु अर्याल, आत्माराम भट्टराई निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य गुणराज सापकोटाले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको महासचिवमा कृष्णप्रसाद पोखरेल, सचिवमा विष्णुप्रसाद खराल, कोषाध्यक्षमा गोकुल अर्याल र सह कोषाध्यक्षमा सविन घिमिरे रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा सरस्वती खरेल, घनश्याम खरेल, घनश्याम खराल, शिव रोका र ददीराम अर्याल निर्वाचित हुनुभएको छ । त्यस्तैगरि विष्णु खरेल, सुनिल अर्याल, दिपक अर्याल र टोपलाल तिवारीलाई समेत मनोनित सदस्यका रुपमा राखिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
हालै सम्पन्न पाँचौ अधिवेशनको उद्घाटन गर्दै गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारीले आपसी सद्भाव र भाइचाराका लागि समाजहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि घले समाज जापानका महासचिव अनुरोध घलेले परदेशमा रहेका नेपालीहरुद्धारा गठन गरिएका समाजले अप्ठ्यारोमा परेका धेरैलाई सहयोगीका रुपमा कार्य गरेकाले समाजको औचित्य पुष्टि भएको बताउनु भयो ।
समाजका उपाध्यक्ष महाशर्मा खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव बलदेव केसीले गर्नुभएको थियो ।

जनवरी २७ मा विविध कार्यक्रम गर्ने

आँपचौर समाज जापानले आगामी जनवरी २७ तारिकका दिन नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण, सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण, समाजका लागि योगदान पुर्याएका व्यक्तित्वहरुलाई कदरपत्र वितरण गरिने  अध्यक्ष महेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जापानमा रहेका कलाकार सूर्य खड्का, सोना केसी लगायतको उपस्तिथिमा साँस्कृतिक कार्यक्रम गरिनुका साथै आँपचौरबासी दाजुभाइ दिदीबहिनीहरुका बिचमा सुखदुख साटासाट गर्नका लागि रात्रीभोजको आयोजना समेत गरिने बताउनुभयो । कार्यक्रम सिन्जुकु खावुकिच्योमा हुने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया