एमाले र माओवादी केन्द्रबीचको संयुक्त कार्यदलको बैठक सकियो

काठमाडौं – नेकपा एमाले र माओवादीबीचको संयुक्त कार्यदलको बैठक सकिएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार गठनको विषयमा कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृका यादवले आफ्नो-आफ्नो कुरा राखेका थिए ।

बैठकमा राष्ट्रियसभा सम्बन्धीको कुरा टुङ्गो भने लागि नसकेको एमाले नेता एवं कार्यदलका सदस्य सुवास नेवाम्वाङले जानकारी दिनुभयो । आजको बैठकमा विस्तृत रुपमा छलफल भयो, सबैले आफ्नो-आफ्नो कुरा राखे नेता नेवाङ्ले भन्न्भयो, ‘एक अर्काको कुरा सुन्ने काम भयो । कुरा सकारात्क थियो । त्यसको आधारमा दुवै पार्टीले आन्तरिक छलफल गर्छौं । केपी ओली २ गते आउनुहुन्छ । उहाँ आएपछि ३ गते १ बजे बैठक बसेर राष्ट्रियसभा सम्बन्धी कुरा टुङ्गो लाग्छ भन्ने हाम्रो विश्वास छ ।’

उहाँले ओली स्वदेश फर्किएलगत्तै वैचारिक र सांगठनिक कार्यदल बन्ने र पार्टीको काम तीव्र रुपमा अगाडि बढ्ने पनि बताउनुभयो । पार्टी एकताको आन्तरिक छलफल भइरहेको भन्दै पदको विषयमा पार्टी एकता नरोकिने उहाँको दावी छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित