कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री अफर गरेको छैनः प्रवक्ता शर्मा

काठमाडौं  – सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको प्रष्ट पार्नुभएको हो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जनमतअनुसार नयाँ सरकार गठन गर्न बाम गठबन्धनलाई शुभकामना पनि दिनुभयो । प्रवक्ता शर्माले बाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि बाम गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले निर्वाचनको समिक्षाका लागि केही दिनभित्रै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउने जानकारी दिनुभएको छ । प्रवक्ता शर्माले पार्टीको नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले गर्ने तर्क गर्नुभयो । पार्टीलाई अहिले बैठकभन्दा पनि राहतको खाँचो रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित