स्वयम्भूबाट पार्किङमा राखिएको माइक्रोबस चोरी भएपछि…

काठमाडौं – स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ ।

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित