सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना, २ को मृत्यु

चौतारा –  सिन्धुपाल्चोकको चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ४ ख २९६० नम्बरको ट्रिपर गएराति साढे ११ बजे दुर्घटना हुँदा ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ । मृतक अर्का एकजनाको सनाखत हुन बाँकी छ ।

निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित