प्रचण्डले भने, ‘देशको बृहत्तर हितका लागि पार्टी एकता गर्दैछौं’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको बताउनुभएको छ ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । राजनीतिक स्थायित्व कायम गरि मुलुकलाई सुसासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतिपुर्ण भएको अध्यक्ष दाहालको भनाई छ । मुलुक धेरै अप्ठ्याराहरु पार गर्दे सही बाटोमा आएको भएपनि चुनौति हटिनसकेको उहाँले जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन नभएन भने देश के हुने भन्ने द्धविधा, शंका र कयौ अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको बताउनुभयो । राजनीतिक स्थायित्व, सुसासन र विकास वामगठबन्धनको औचित्य भएको भन्दै उहाँले चुनौतिलाई पार गर्दै अवसर उन्मुख हुनुपर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित