सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कुन प्रदेशको कहाँ ?

काठमाडाैं – माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आज सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरे बमोजिम ती ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको हो ।

प्रदेश नम्बर-१, को मोरङ, प्रदेश नम्बर-२, को धनुषा, प्रदेश नम्बर-३, को ललितपुर, प्रदेश नम्बर-४, को कास्की, प्रदेश नम्बर-५ को दाङ, प्रदेश नम्बर-६ को सुर्खेत र प्रदेश नम्बर-७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले न्याय परिषद्को सचिवालयबाट सिफारिस गरिएका सात जना जिल्ला न्यायाधीशलाई पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित