चलचित्र ‘पिँजडा ब्याक अगेन’को लागि निखिल र संचिता जापानमा

टोकियो-चलचित्र ‘पिँजडा ब्याक अगेन’को प्रदर्शनका लागि अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुईटेल जापान आउनेभएका छन् । यो जोडी आगामी माघ ४ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यो चलचित्र प्रमोशनका लागि  जापान आउनलागेको बताइएको छ ।यो फिल्म  माघ १४ गतेबाट जापानमा प्रर्दशन गर्न लागिएको जनाएको छ ।

जनवरी २८ मा हुने विशेष सोका लागि नेपालबाट निखिल र संचिताका साथमा चलचित्रका निर्देशक हिमाल केसी जापान आउने भएका छन् । जनवरी २८ मा टोकियो प्रदर्शनीपछि अन्य सहरमा पनि भिन्न भिन्न मितिमा चलचित्रको सो हुने निर्माण पक्षले बताएको छ ।

जापानमा प्रदर्शनको अधिकार भने क्लासिक युथ जापानले लिएको छ । श्रीराम बरालको प्रस्तुति तथा रहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको चलचित्रमा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा केहि समय अघि मात्रै दिवङ्गत भएकी विना थापाले समेत शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन् ।

‘पिँजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । चलचित्रमा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको सङ्गीत समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित