सरकार छाड्न तयार छु, तर चुनाव नगराई भा’छैन – देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफू राजीनामा दिन तयार रहे पनि राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । ‘म सरकार छाड्न तयार छु, तर मैले चुनाव नगराई भएको छैन,’ उहाँले भन्नुभयो ।

प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय हैसियत प्राप्त राजनीतिक दलहरुबीच सहमति गर्ने प्रयासमा सरकार लागि रहेको उहाँको भनाई छ । देउवाले सहमति नभए सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने स्पष्ट पार्नुभएको छ । ‘सहमति होला जस्तो छैन । म काठमाडौं फर्केपछि पुनः सहमतिको प्रयास गर्छु, भएन भने सरकार आफैंले प्रदेश प्रमुख नियुक्तगर्छ,।’

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजे पनि अन्य दलहरुले नमानेको बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भोलि हुने दिक्षान्त समारोहमा सहभागि हुनका लागि उपप्रधानम एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित प्रधानमन्त्री देउवा आजै नै महेन्द्रनगर जानुभएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित